-
अझै छ बाँकी
Posted on March 9th, 2010 No commentsनझार आँशु यसरी रुन अझै छ बाँकी
पीडैपीडाले बर्वाद हुन अझै छ बाँकीमाया गरेर पाएका यी चोटहरु त के हुन
व्यथैव्यथाको आकाश छुन अझै छ बाकीजति ढल्दै जान्छ दिन उति बढ्छ याद तिम्रो
आशाको अँधेरीमा जून अझै छ बाँकीयो दिल दिदाँ तिमीलाई लागे धेरै आरोपहरु
यी दोषका छिटाहरु धुन अझै छ बाँकीअंगालेर मलाई के के सहयौ के के भोग्यौ
तिर्नै नसक्ने तिम्रो गुन अझै छ बाँकी -
के पायौ त तिमीले?
Posted on March 5th, 2010 No commentsबदनाम गरेर मेरो, के पायौ त तिमीले
म त भए धेरै दुखि, कति खुशी पायौ त तिमीले
धम्कि दिएर मलाईनै, कति माया पायौ त तिमीलेरिशाएको त थिए म, कसरी आज फकायौ त तिमीले
हासा भनि बिन्ति गर्दै, किन मलाई रुवायौ त तिमीलेतिमी बिनानै थिए खुशी, कस्तो चोट दियौ त तिमीले
मन मेरो रोइरहेथ्यो, कहाँ आशु देखयौ त तिमीलेतिम्रो साथ मैले दिदा, कस्तो साथ दियौ त तिमीले
धेरै बाच भन्दै मलाई, बिष किन दियौ त तिमीले
बदनाम गरेर मेरो, के पायौ त तिमीले -
डायरीका हरेक शब्द
Posted on February 26th, 2010 No commentsडायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ।
त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ।बैरी अनि मित्रलाई, स्मृतिमा कैद गर्छ।
खुशी अनि पीडाहरु, सृजना झैँ सृजीत हुन्छ।भाव सबै खुल्ने गरि, भाका हाली भने हुन्छ।
हैन भने त्यसलाई, सम्झना बनाई राखे हुन्छ।हरेक बिशेष घटनामा, जब भाव उर्ली आउछ।
आशु संगै सब्दहरु, कवितात्मक बनि दिन्छ।तिमीलाई मायालु भनि, डायरीमा लेखे भने।
एकदिन यस्तो आउछ, डायरी मैले जलाउनु पर्छ।त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ।
डायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ। -
तिम्रो याद आउछ।
Posted on February 19th, 2010 1 commentशिर्शिरे हावा चल्दा
चराहरु चिर्रबिर गर्दा
मलाई तिम्रो याद आउछ
त्यो चिर्र्बिरमा नाचू भन्दा।चिसो दिनमा घाम लाग्दा
कोपिला त्यो फुल बन्दा
मलाई तिम्रो याद आउछ
त्यो फूलमा भमरा बस्दा।छंगछंग गरि खोला बग्दा
बादलका ति आकृति हेर्दा
मलाई तिम्रो याद आउछ
त्यो बादलमा एक जोडी देख्दा।चारैतिर आफ्नो रंग फिजाई
साझको त्यो घाम डुब्दा
मलाई तिम्रो याद आउछ
तिमीमा मलाई डुब्न मन लाग्दा। -
टुटेका सपनाहरु
Posted on February 12th, 2010 No commentsएक एक गरि
सपनाहरु मलाई छोडेर गए ।
हिजो मात्र लाग्छ नशामा नाचेको
तर आज त रक्शी बिनानै बेहोश भए ।जिन्दगी छ छोटो
भन्छन दुइदिने यो जीवन रे ।
खै त? आझै जिउदै छु म
त्यस्ता ‘दुइ-दिन’ त कत्ति गए गए ।अइना हेरी आफैसंग
कयौ पटक कुरा गरे ।
मरी लानु के छ र भन्दै
आँशु पुछी हाँस्न पनि सिकाए ।काँडा सरि निकाले जस्लाई
तै विना आफुलाई एक्लो पाए ।
यस्तै नै रहेछ संसार सारा
स्वार्थ त मै भित्र पनि पाए ।आफैलाई बन्धि बनाई
चार भित्तामा थुनी राखे ।
अनि डाक्को छोडी रोए कराए
तर सुनी दिने सब पथर थिए । -
विडम्बना
Posted on February 5th, 2010 No commentsम मर्छु भनेर हैन
तिम्रो नाम बदनाम
हुन्छकी भनेर तिमी डराउछौहो, मैले बुझी सके
मेरो माया लाग्दैन तिमीलाई
मबाट छुटकारा पाउन चाहनछौलाचार बनि रुन्छु म जब
तिमीलाई पनि त दुख्छ होला
तबत झुठो आत्मियता देखाऊछौसाथमा जब हुन्छौ तिमी
त्यस्मानै म जिवन पाउछु
क्षण भरमै तर तिमी बिलाउछौउफ! कस्तो विडम्बना यो
मेरै छेउमा भएर पनि
पराइ झैँ ब्यबहार देखाऊछौ -
पर्खाइ
Posted on January 22nd, 2010 No commentsतिमी आउने कहिले कहिले
पर्खी बसे म अहिले…
गीत कविता सबै लेखे
तिमीलाई सुनाउने हो कहिले?तिमीसंग बोल्दा बोल्दै
आँशु मेरो खस्यो कहिले?
घडीको सुइ दोहोरि सकेछ
तिमीसंग बोले म कहिले?छुट्ने डरले मन डराउछ
संगै हामी बस्ने हो कहिले?
कहिले बनाउने घर टाढा
त्यहाँ मलाई लाने कहिले?सानो सुन्दर संसारलाई
हाम्रो नाम दिने हो कहिले?
तिमी आउने कहिले कहिले
पर्खी बसे म अहिले…. -
हो, उ राम्री छे
Posted on January 15th, 2010 No commentsथाहा छ मलाई पनि
उ साचै राम्री छे
तर मन दुख्छ मेरो
जब गर्छौ प्रसंसा उसको
सबैनै छन् पारखी यहाँ
उनको त्यो सौन्दर्यकोजति हेर्यो हेरु लाग्ने
रुप उसको परि जस्तो
मिलेको त्यो जीऊ-डाल
यौवनले सजिएको
कोइली झैँ सुमधुर
मोहनी लगाउने बोलि उसकोतर डाहा लाग्छ मनमा
तिमीले उसलाई हेरिदिदा
तिम्रो नजरमा कहिँ कतै
मेरो मुल्य घटे जस्तो
मलाईनै बिर्सिएर,
उ भित्र तिमी डुवे जस्तोकिन आधि चल्छ मनमा
डर किन लाग्छ यस्तो
हुरी आइ हाम्रो घर
उडाएर लगे जस्तो
अनि मलाईनै बिर्सिएर,
उ भित्र तिमी डुवे जस्तो -
भाव
Posted on January 9th, 2010 2 commentsकेहि लेखु भनि, भाब केहि पोखु भनि
सब्दहरु खोजिरहे, उन्को मन छुन्छकि भनिकेहि बोलु भनि, दुइ चार कुरा गरु भनि
आवाजहरु खोजि रहे, उनलाई भाव सुनाऊ भनिगल्तिहरु छानी छानी, सबै दोष आफ्नै मानी
दोषहरु छोपी रहे , दोषी कसलाई किन मान्नु भनिबितेकाती पल गनी, फेरी ति पल भुल्छु भनि
एउटा कुनामा लुकी बसे, उन्को यादले नभेटोस भनिमाहानताको नमुना भनि, वानी सबै राम्रो मानी
उनलाई मनमा राखिनैरहे , बिछोडको पिडाले पोल्छ भनिबेदनाको आसु बग्दापनि , मेरो दुख बुझ्न नखोजी
उनका ति आवाज गुन्जिन थाले, बगेको त्यो गाजल पुछन भनि -
माया
Posted on January 1st, 2010 1 commentतिम्रो रिशमा पनि
माया देख्छु म
तिम्रो गालीमा पनि
मिठास देख्छु मतर्की तर्की हिड्छौ तिमी
तर तिमीमा नै भुल्छु म
तिमी हुनौ जब समिपमा
तिम्रो तस्बिरसंग बोल्छु ममाया हो या, छेनिक भ्रर्म
प्रस्न आफैलाई सोध्छु म
आँखा, मन, मुटु सबैमा छौ तिमी
हो, माया गर्छु तिमीलाई म!



Recent Comments