Nepal Time: Share on Facebook
TexasNepal Radio Coming Soon - Listen to Test Broadcast

अझै छ बाँकी

Posted on: March 9th, 2010 by bikash

नझार आँशु यसरी रुन अझै छ बाँकी
पीडैपीडाले बर्वाद हुन अझै छ बाँकी

माया गरेर पाएका यी चोटहरु त के हुन
व्यथैव्यथाको आकाश छुन अझै छ बाकी

जति ढल्दै जान्छ दिन उति बढ्छ याद तिम्रो
आशाको अँधेरीमा जून अझै छ बाँकी

यो दिल दिदाँ तिमीलाई लागे धेरै आरोपहरु
यी दोषका छिटाहरु धुन अझै छ बाँकी

अंगालेर मलाई के के सहयौ के के भोग्यौ
तिर्नै नसक्ने तिम्रो गुन अझै छ बाँकी

Posted in: Nepali Poems
Tags:


Leave a Reply